logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण


अंकुरण खबर
572
Shares

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक युवामा कोरोना संक्रमण भेटिएको छ ।

इन्द्रावती गाउँपालिका–१० का ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । भारतबाट जेठ ३१ गते आएका ती युवालाई घर जान नदिइ मेलम्चीमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

कोरोना संक्रमण देखिएका ती युवा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।

केन्द्रिीय प्रयोगशालमा उनको स्वाब परीक्षण गर्दा कोरोना सक्रमण देखिएको थियो । उनीसँगै आएका अन्य चार जनामा भने कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

कोरोना सक्रमीत युवासँगै अन्य पनि एउटै बसमा आएका थिए ।