नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ ।
दोलखा घर भएका ७६ वर्षिया पुरुषको त्रिवि त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। उनले सुरुमा अन्य रोगका कारण केएमसी अस्पतालमा उपचार गराएका थिए ।
पछिल्लो समय टिचिङ अस्पतालको आईसियुमा रहेको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा २ सय एक जना नयाँ पहिचा भएको र संक्रमितको संख्या २३ सय पुगेको छ ।