काठमाडौंमा तीन जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। संक्रमितमध्ये टोखा नगरपालिकाका-२ जना छन् भने एक जना केएमसी अस्पतालमा कार्यरत चिकित्सक रहेका छन्।
बुधबार मात्र देशभर थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ।