काठमाडौं – नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ । आज छापावाला सुन तोलाको ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको बुधबारदेखि छापावाला सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउ आइतबार एकैदिनमा अर्को नयाँ रेकर्ड बनाएको हो । आज तेजाबी सुन तोलामा ७२ हजार २ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको होे । आज चाँदी तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो । यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।