बिहीबार बिहान पर्सा र बाराका १२ जना कोरोना संक्रमित उपचारपछि घर फर्केका छन्।
गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत पर्साका ३ जना डिस्चार्ज भएका हुन्। यस्तै बारा पचरौता नगरपालिकाको क्वारेन्टाइनमा खटिएर संक्रमित भएका दुई सैनिक पनि डिस्चार्ज भएका छन्।
कलैया अस्पतालबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत ६ जना प्रहरी डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा एक प्रहरी नायब निरीक्षक, एक प्रहरी सहायक निरीक्षक र चार जवान रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र मण्डलले जानकारी दिए।
उपचारपछि घर फर्कनेमा कलैयाको रेडियोमा कार्यरत मार्केटिङ अफिसर पनि छन्।
अब गण्डक अस्पतालमा २९ जनाको उपचार भइरहेको छ।