नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
पाल्पास्थित मिसन अस्पतालमा २ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो।
पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको २० गते मृत्यु भएको, र मृत्यपछि आएको स्वाब परीक्षणको नतिजामा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो। उनको आज रिपोर्ट आएको हो।
मृतक भारतबाट ५ दिनअघि आएर क्वारेनटाइनमा बसेका थिए।
यससँगै कोभिड-१९ पोजेटिभ देखिएकाको मृत्यु संख्या १० पुगेको छ।