logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नैकाप मल्टिस्पेसियालिटी पोलिक्लिनिकले ल्यायो तीजको अबसरमा छुटको व्यवस्था


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै नैकाप मल्टिस्पेसियालिटी पोलिक्लिनिक प्रा.ली.ले नि.शुल्क महिला तथा बाल रोग शिवीर सम्पन्न गरेको छ ।

शनिबार सञ्चालित शिवीरमा नैकापका स्थानीय तथा आसपास टोलका बिरामीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । तीजको अबसरमा पोलिक्लिनिकमा उपलब्ध सबै सेवामा छुटको व्यबस्था गरिएको पोलिक्लिनिकका अध्यक्ष डा.शैलेन्द्र दुवाल श्रेष्ठले जानकारी दिए ।

सस्तो, सुलब र गुणस्तरीय सेवा प्रवाहनै आफुहरुको लक्ष्य रहेको र आगामी दिनमा अन्य क्षेत्रमा पनि यसका शाखाहरु विस्तार गर्दै जाने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।