logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री मनीषा काठमाडौंको होटल क्वारेन्टाइनमा


अंकुरण खबर
767
Shares

अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंमा होटल क्वारेन्टाइनमा छिन् ।

मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन् । दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन् ।

अभिनेत्री मनीषा मुम्बईबाट बनारससम्म हवाई जहाजमा र बनारसबाट आफ्नो निजी गाडीमा नेपाल आएकी हुन् । बनासरबाट स्थलमार्ग हुँदै उनी मंगलबार रूपन्देहीको सीमानाका भैरहवाको बेलहिया हुँदै उनी बुबा प्रकाश कोइराला, आमा र काकीसँग नेपाल आएकी हुन् ।

नेपाल आएपछि उनी होटलमा क्वारेन्टाइनमा बसेकी छन् । मनीषाको पारिवारिक सूत्रका अनुसार उनी उच्च सतर्कताका साथ काठमाडौंको एक होटलमा बसेकी छन् ।

विदेशबाट नेपाल आएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी नियम रहेको छ । सोही नियमलाई पालना गर्दै आफ्नो घर पनि नगई अभिनेत्री मनीषा, आफ्ना बुबाआमासँग होटल क्वारेन्टाइनमै बसेकी हुन् ।

परिवारका अनुसार कोरोना संक्रमणका कारण भारतमा लकडाउन चलिरहेको बेला परिवारसँग घरमा आराम गर्न अभिनेत्री मनीषा कोइराला नेपाल आएकी हुन् ।

आफ्ना परिवारसँगै अभिनेत्री मनीषाले क्वारेन्टाइनबाटै कोरोना भाइरस परीक्षणका लागि आफ्नो स्वाब पनि ल्याबमा पठाएका छन् । उनीहरूको कोरोना भाइरसको रिपोर्ट आज शुक्रबारसम्म आउने आशा गरिएको छ ।

अहिले क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित दूरी बनाएर खास आफन्तबाहेक अरूसँग भेटघाट गरेकी छैनन् । क्वारेन्टाइनको १४ दिनपछि मात्र उनले अरूलाई भेट्ने बताएकी छन् ।