logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

माथिको आदेश भन्दै समाचार संकलनका लागि रुकुमपश्चिम हिडेका पत्रकारलाई फर्काइयो


अंकुरण खबर
1.716K
Shares

समाचार संकलानका लागि रुकुम हिँडेका सुर्खेत र दैलेखका दुई पत्रकारलाई प्रहरीले रोकेर फिर्ता गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ कर्णाली शाखाले ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार नेपाल पत्रकार महासंघ सुर्खेतका कोषध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका साधरण सदस्य खगेन्द्र सुनुवारलाई सल्यानको बालुवा संग्राहीमा रोकेर फिर्ता गरेको थियो।

उनीहरुले प्रेस पास देखाउँदा देखाउँदै पनि माथिको आदेश भन्दै रोकेर फिर्ता गरेको महासंघ कर्णालीले जनाएको छ।

दुवैजना पत्रकार रुकुम घटनाका बारेमा समाचार संकलन र अध्ययनका लागि दलित पत्रकार संघका पदाधिकारी सम्मिलत केन्द्रीय टोलीसँग त्यतातर्फ जाँदै थिए ।

‘सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा देखाउँदै माथिको आदेश छ भन्दै रोक्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको छ।