logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भोजपुरमा ५ जनामा कोरोना संक्रमण


अंकुरण खबर
806
Shares

भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

भारतबाट सुनौली नाका हुँदै १३ जेठमा आइपुगेका उनीहरूलाई अरुण गाउँपालिकाको जरायोटारमा बनाइएको होल्डङ सेन्टरमा राखिएको थियो। होल्डिङ सेन्टरमा बसेका ४० जनाको कोरोना परीक्षण गर्न थ्रोट स्वाब नमूना संकलन गरी पठाइएको थियो।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार कोभिड-१९ पुष्‍टि भएका सबैजना षडानन्द नगरपालिका दिङ्लाका छन्। संक्रमण पुष्‍टि भएकाहरू १७, १९, २९, ३०, ३२ वर्षका पुरुषहरू रहेका छन्।

यसअघि भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एकजनामा कोरोना संक्रमण पुष्‍टि भएको थियो। आज पाँचजना संक्रमित फेला परेसँगै जिल्लामा कूल संक्रमित ६ जना पुगेका छन्।