logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना बीमा पुनः सुचारु गर्ने बीमा समितिको निर्णय


अंकुरण खबर
923
Shares

हिजो मात्र स्थगित गरिएको कोभिड-१९ बीमालेखको कारोबार पुनः सुचारु हुने भएको छ ।

सरकारले पनि दायित्व बहन गर्न सहमति देखाएपछि पुनः उक्त बीमा सेवा सुचारु गर्ने निर्णय गरिएको बीमा समितिले बताएको छ ।

समितिले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै बीमा कम्पनीहरुलाई पुनः उक्त बीमा सेवा सुचारु गर्न निर्देशन दिएको हो। कम्पनीको पुँजी भन्दा दायित्व बढी भएपछि बिहीबार मात्र कोरोना बीमा कारोबार स्थगित गर्ने निर्णय भएको थियो । तर, आज शुक्रबार उक्त बीमा पुनः सुचारु गर्ने निर्णय समितिले गरेको छ ।

अब कम्पनीहरुले पुरानै मोडालिटीमा यो बीमा सेवा अगाडि बढाउनुपर्ने हुन्छ । यद्यपि, अब जारी हुने पोलिसीले आगमी चैत मसान्तसम्मको मात्र दायित्व बहन गर्ने छ ।