logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना उपचारपछि ४३ जना डिस्चार्ज, निको हुनेको संख्या ३३३ पुग्यो


अंकुरण खबर
702
Shares

आज देशभरका आइसोलेसनमा उपचाररत ४३ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

धरानबाट ३ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्। १५ देखि ४५ वर्षका पुरुषहरु ७ देखि ११ दिनमा निको भएर घर फर्किएका हुन्।

विराटनगरस्थित कोशी अस्पतालबाट ४ महिला सहित २७ जना डिस्चार्ज भएका छन्। उनीहरु १६ देखि ५७ वर्षका उनीहरु  ६ देखि ११औँं दिनमा संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्।

बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पतालको आइसोलेनमा रहेका १३ जना डिस्चार्ज भएका छन्। १६ देखि ५५ वर्ष उमेर भएका एक महिलासहित १३ जना डिस्चार्ज भएका हुन्। उनीहरु १४देखि ३०औँ दिनमा डिस्चार्ज भएका हुन्।

यसरी हालसम्म प्रदेश  १मा ७६, प्रदेश २मा १२१, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा ९२ र कर्णाली प्रदेशमा २ मा सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन्।

हालसम्म २७२ पुरुष र ६१ महिला गरी ३३३ जनाले कोरोना संक्रमण जितेका छन्।