logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हिमाञ्चलबाट आएका ४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
832
Shares

पूर्वी नवलपरासीमा भारतको हिमाञ्चलबाट आएका ४ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. २ का २०,३५ र ४५ वर्षका ४ जना युवामा आईतबार संक्रमण पुष्टि भएको हो । पालिकाकै जनता आधारभूत विद्यालय क्वारेन्टाईनमा बसेका उनीहरुको स्वाव संकलनगरी पोखरा पठाइएको थियो ।

जेठ २० गते यहाँका ४५ जनाको स्वाव प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा परीक्षण गर्दा ४१ जनाको नेगेटिभ र ४ जनामा कोरोना पोजेटिभ आएको थियो ।

संक्रमित ४ पुरुष मध्ये एक जनामा स्वास्थ्य समस्या देखिए पछि शनिबारै कोरोना विशेष अस्थाई अस्पताल भरतपुर चितवान पठाइएको छ । अन्य ३ लाई प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा राख्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव चापागाईले बताए ।