logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनपछि पहिलो पटक सुनको नयाँ मूल्य: तोलामा बढ्यो १० हजार ४०० रुपैयाँ


अंकुरण खबर
1.339K
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लागि सुनचाँदीको मूल्य तोकेको छ । ११ चैतदेखि कोरोनाभाइरस रोकथामका लागि लकडाउन भएपछि सुन चाँदीको मूल्य तोकिएको थिएन ।

आज सुन चाँदीको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसअघि १० चैतमा प्रतितोला सुनको मूल्य ७७ हजार रुपैयाँ थियो । पुरानो मूल्य र अहिलेको मूल्य तुलना गर्दा अब सुनमा प्रति तोला मात्रै १० हजार ४ सय रुपैयाँ बढेको छ ।

सरकारले नयाँ बजेटबाट सुनको भन्सार दर बढाउने निर्णय गरेसँगै सुनको मूल्य आकासिएको हो । अहिलेसम्म नेपालमा सुन महंगो भएको यो पहिलो पटक हो ।