logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङको बेलझुण्डी अस्पतालबाट १० जना कोरोना जितेर घर फर्किए


अंकुरण खबर
1.664K
Shares

दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई, दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् ।

उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ ।

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ सङ्क्रमितको उपचार भइरहेको छ ।