बाँकेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
यो संगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ। ५० जना निको भएर घर फर्किँदा १ जनाको मृत्यु भैसकेको छ।