रूपन्देहीको बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा बनाइएको आइसोलेसन सेन्टरबाट ९ जना कोभिड-१९ जितेर घर फर्किएका छन् ।
डिस्चार्ज हुनेमा कपिलवस्तुका ८ जना र रूपन्देहीका १ जना छन् । आइतबार उनीहरुलाई पुष्पगुच्छा दिएर बिदाइ गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
बुटवल उपमहागरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुुमार सिंहले ९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिए । उनीहरू जेठ ११ गते आइसोलेसनमा एड्मिट भएका थिए ।
अहिले उक्त आइसोलेनस सेन्टरमा ३२ जना उपचाररत छन् ।