logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमा आज सबै मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने


अंकुरण खबर
650
Shares

ससदमा आर्थिक वर्ष २०७७/७८ का लागि मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ आज सम्बन्धित मन्त्रीले दिँदैछन् ।

शुक्रबारदेखि शुरु भएको मन्त्रालगत छलफल हिजो सकिएको थियो ।

छलफलमा सहभागी सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेका छन् । विशेष गरी विद्युतीय गाडीको कर बढाउने, सामुदायिक विद्यालय नीजि विद्यालयललाई जिम्मा लगाउने निर्णयको सत्तारुढ दलवाटै आलोचना भएको छ ।

प्रतिपक्षी कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पर्याप्त कार्यक्रम नआएको आरोप लगाएको छ । सबै मन्त्रीहरुको जवाफ एकै दिन टुग्याएर बजेट पारित गर्ने प्रक्रिया अघि बढाउने संसद सचिवालयको तयारी छ ।

मन्त्रीले जवाफ दिएपछि मन्त्रालगत विनियोजको छलफलमा भाग लिएका सांसदहरुले पुरक प्रश्नसमेत सोध्न पाउने छन् । मन्त्रीहरुले जवाफ दिने कार्यक्रम सकिएपछि विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्नेछ ।