logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा सुत्केरी महिलाको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन


अंकुरण खबर
1.781K
Shares

भक्तपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने सिन्धुपाल्चोक घर भएकी ३६ बर्षीया महिलाको आइतबार साँझ निधन भएको हो।

अस्पताल आउँदा रुघाखोकी र श्‍वासप्रश्‍वासमा समस्या देखिएकी ती महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएको अस्पताले जानकारी दिएको छ।

कोरोनाको आशंकामा उनको स्वाब संकलन गरि नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ। पीसीआरको नतिजा आउँन बाँकी छ।

महिलाको शव भक्तपुर अस्पतालमै राखिएको छ। सुत्केरीको मृत्यु भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।