धादिङमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
संक्रमितहरु नीलकण्ठ नगरपालिका-१, २ , ३, ५, ११ र १४ का २० महिने बालिकादेखि ५५ वर्ष उमेर समूहका रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३७६२ पुगेको छ। संक्रमितमध्ये ४८८ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भएको छ।