मंगलबार पनि सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।
मंगलबार छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्म कै उच्च हो ।
सोमबार छापावाला सुन तोलामा ८७ हजार ५ सय रुपैयाँमा कोरोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ८७ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्य भने आज स्थिर रहदै ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको जनाईएको छ ।