चीनले ७५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनमा आयात कर बढाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आक्रोशित बनेका छन् । चीनले कर बढाएपछि राष्ट्रपति ट्रम्पले चीनमा आफ्नो उत्पादन बेच्ने अमेरिकी कम्पनीलाई कारोबारमा ध्यान दिन र चीनमा आश्रित नहुन निर्देशन दिएका हुन् ।
ट्रम्पले व्यापारका लागि आफूहरुलाई चीनको आवश्यकता नरहेको र चीनबिना झनै समृद्ध रहने दाबी गरे । उनले अमेरिकाले आफ्नो पागलपनका कारण चीनसँग व्यापार गरेर अर्बौ डलर गुमाएको भन्दै ट्वीटरमा आक्रोश पोखेका हुन् । चीनले अमेरिकी बौद्धिक सम्पत्ति चोरेर करोडौं डलर कमाइरहेको आरोपसमेत ट्रम्पको छ । आफ्ना उत्पादनमा कर वृद्धि गरेपछि चीनले पनि अमेरिकी उत्पादनमा कर वृद्धि गरेको हो ।
अमेरिकाले गत एक अक्टोबरमा २५० अर्ब डलर बराबरको अमेरिकी उपात्दन आयातमा २५ देखि ३० प्रतिशत कर बढाएको थियो । साथै ट्रम्पले चिनियाँ उत्पादन आयातमा अझै कर वृद्धि गर्ने चेतावनी समेत दिएका थिए । एजेन्सी