logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई वर्षका बालकसहित कर्णालीमा थप २० जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.04K
Shares

कर्णाली प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

सुर्खेतस्थित सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा १३, सुर्खेतमा ५ र जुम्लामा २ जनामा कोभिड-१९ पुष्‍टि भएको हो।

महाशाखाका प्रमुख डा. लक्षीनारायण तिवारीका अनुसार सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको क्रममा उनीहरूको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।

संक्रमितहरूमध्ये एक सुर्खेत विरेन्द्रनगर नगरपालिका-१२ का २ वर्षीय बालक पनि छन्। २० जनामध्ये तीनजना महिला छन्।

आज थप भएका २० जनासहित कर्णाली प्रदेशमा ६७१ जनामा संक्रमण पुष्‍टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले विज्ञप्ति निकालेर जनाएको छ।

प्रदेशमा ११ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। संक्रमण पुष्‍टि भएकामध्ये तीनजनाको मृत्यु भएको छ।