logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर रिपोर्ट नेगेटिभ


अंकुरण खबर
780
Shares

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

आइतबार साँझ सिन्धुपालचोक घर भई चाँगुनारायण नगरपालिका-३ झौखेल बस्दै आएकी सुत्केरी महिलाको अस्पतालमा मृत्यु भएको थियो।

उनको आरडिटी परीक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालले पिसिआर परीक्षण गर्न स्बाव टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो।

मंगलबार ती सुत्केरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए।

रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले छलफल गरी सबै सेवा सूचारू गर्ने तयारी गरिरहेको छ।

उनको शव भने श्रीमानलाई बुझाइ सकेको र सेनाको सहायतामा दाहसंस्कार गर्ने तयारी भइरहेको छ।

ती महिला अस्पतालमा आइतबार भर्ना भएकी थिइन्। उनको डेलिभरी भने सामान्य तरिकाले नै भएको तर केही समयपछि मृत्यु भएको थियो। शिशुको अवस्था भने सामान्य रहेको छ।