logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुलाका पहिलो सङ्क्रमित डिस्चार्ज


अंकुरण खबर
1.196K
Shares

दार्चुलाका पहिलो कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

महाकाली नगरपालिका ६ का २१ वर्षीय युवक कोरोना जितेर घर फर्किएका हुन् । उनलाई गएको जेठ १५ गते कोरोना पुष्टि भएको थियो ।

भारतबाट फर्किएका उनलाई महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलङ्गाको क्वरेण्टीनमा रहेको बेला कोरोना भएको थियो । कोरोना लक्षण देखिएपछि उनलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा भर्ना गरिएको थियो ।

उनको जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा अब महाकाली नगरपालिका ८ का २४ वर्षीय पुरुष बाँकी छन् ।