logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन र नवलपरासीका थप ५ जनामा कोरोना संक्रमण


अंकुरण खबर
845
Shares

नेपालमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला र पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा चितवनका २ र नवलपरासी गैंडाकोटका २ जनामा र पोखरामा नवलपरासी पूर्व, देवचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४० वर्षका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

चितवनमा कालिका-६ जुटपानीका वर्ष २० का पुरुष र भरतपुर-५  का २८ वर्षे पुरुषमा कोभिड-१९ पोजेटिभ पुष्टि भएको हो। यस्तै गैडाकोट नगरपालिका १३ र १४ का २३ र २६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।