logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोदावरीमा भेटियो एक जनाको शव


अंकुरण खबर
689
Shares

ललितपुरको गोदावरीमा एक जनाको शव भेटिएको छ।

गोदावरी–३ टौखेलमा मंगलबार राति १ बजेतिर सोही स्थानमा डेरा गरी बस्ने काठमाडौं सतुंगलका अमित शाहीको शव फेला परेको ललितपुर प्रहरीका प्रवक्ता एसपी तुला कार्कीले जानकारी दिएका छन् ।

३८ वर्षका शाही दुई छोरी र श्रीमतीसहित डेरा गरी बस्दै आएको घरको अगाडि रहेको करेसा बारीमा नाडी काटिएको र खुट्टामा ब्यान्डेज बाँधेको अवस्थामा शव भेटिएको हो ।

हत्या वा आत्महत्या के हो भन्ने नखुलेको र अनुसन्धान जारी रहेको एसपी कार्कीले बताएका छन् । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।