logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करिब ५० यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो


अंकुरण खबर
1.261K
Shares

कालिकोटमा करिब ५० यात्रु बोकेर क्वारेन्टाइन हिँडेको टिपर कर्णालीमा खसेको छ।

भारतबाट आएका नेपालीलाई सीमा नाकाबाट उद्धार गरेर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन रासकोटतर्फ लैजाँदै गरेको टिपर बुधवार बिहान जितेबजारको पारीपट्टी कर्णालीमा खसेको हो।

दुर्घटनामा करिब ३० जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। नदीमा खसेका केही यात्रुलाई स्थानीयको सहयोगमा जिवितै उद्धार गरिएको छ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।