प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन सरलीकरण गर्ने सम्वन्धमा मन्त्रिपरिषदले छिट्टै नै ठोस निर्णय गर्ने बताएका छन् ।
उनले मुलुक असहज परिस्थितिमा रहेको भन्दै थुप्रै क्षेत्रमा सरलीकरण गर्नुपर्ने अवस्था रहेको भन्दै केहिसमयपछि वस्ने मन्त्रिपरिषद बैठकले ठोस निर्णय गर्ने बताए ।
बुधबार संघीय संसदमा सांसदहरुले उठाएको बजेट तथा स्वास्थ्य अवस्था बारे जवाफ दिंदै उनले मुलुकलाई सहज अवस्थामा लैजान सरकार गम्भिर भएर लाग्ने पनि बताए ।
संक्रमण भएका क्षेत्रबाट नेपाली नागरिक स्वेदश फर्कने क्रम बढ्दै गएको बताउँदै उनीहरुलाई व्यवस्थित रुपमा राख्न मापदण्ड अनुसारको क्वारेन्टाइनको व्यवस्था गर्न सक्रियताका साथ काम भइरहेको पनि ओलीले जानकारी दिए ।
यस्तै उनले बजेट विनियोजन उपयुक्त ढंगले गरिएको बताउँदै छलफलका क्रममा सांसदहरुले दिएको सुझावका आधारमा सकारले आगामी कदम चाल्ने बताए ।