logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषामा गोली हानेर युवकको हत्या, घटनामा संलग्न व्यक्ति फरार


अंकुरण खबर
780
Shares

धनुषामा गोली हानेर एक युवकको हत्या भएको छ।

जिल्लाको सबैला नगरपालिका-७ नवटोली बस्ने जयकिशोर मण्डलका २५ वर्षीय छोरा अरुण मण्डलको गोली प्रहार गरी हत्या भएको हो।

अरुणको शव बुधबार बिहान घरभन्दा करिब सय मिटरको दूरीमा कन्चटमा गोली हानी हत्या गरिएको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

अरुणलाई मंगलबार साँझ चार पाँचजनाको संख्यामा रहेका गाउँकै साथीले घरबाट बोलाएर लगेको बुझिएको छ,’ कार्कीले भने, ‘घरबाट बोलाएर लग्ने मानिसले अरुणको हत्या गरेको हुन सक्छ। ’चिनजानकै व्यक्तिले घरबाट बोलाएर लगेकोले व्यक्तिगत रिसिइबीका कारण अरुणको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनामा संलग्न व्यक्ति फरार रहेकाले पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।