logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलझुण्डी अस्पतालबाट डिस्चार्ज भए ७ जना संक्रमित


अंकुरण खबर
741
Shares

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ७ जना डिस्चार्ज भएका छन्।

घोराही उपमहानर र लमही नगरपालिकाका गरी ७ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ। घोराही १० का ४० वर्षीय पुरुष, घोराही १८ का २४ र २५ बर्षीय पुरुष र लमही १ का २६ वर्षीय पुरुष, लमही ४ का २६ वर्षीय पुरुष, लमही ५ की २० बर्षीय महिला र लमही ६ का १८ वर्षीय पुरुषलाई आज बुधबार करिब साढे १२ बजेतिर डिस्चार्ज गरेको अस्पतालका व्‍यवस्थापक दोर्ण वलीले बताए।

उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

‘स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गरेको दिन उहाँहरुको स्वाब संकलन गरिएको थियो,’उनले भने, ‘उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि ग्रीन जोनमा राखिएको थियो, तर उहाँहरु अस्पताल आएको आज १४ दिन पुगेपछि डिस्चार्ज गरिएको हो।’

अहिले अस्पतालमा पूर्व रुकुमका ३ जना, प्युठानका १ जना र दाङका ३३ जना कोरोना संक्रमित रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको व्‍यवस्थापक वलीले बताए।

योसँगै अस्पतालबाट ३२ जना डिस्चार्ज भएका छन्।