कालिकोटमा बुधबार बिहान भएको टिप्पर दुर्घटनामा बेपत्ता रहेका ६ मध्ये तीन जना सम्पर्कमा आएका छन्।
कर्णाली प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले बेपत्ता बाँकी तीन जनाको खोजी भइरहेको बताए। घटनामा बेपत्तामध्ये ३० जना सम्पर्कमा आएका छन् भने थप चार जना घाइते छन्। दुई जनाको भने शव भेटिएको छ।
टिप्परमा ३९ जना सवार थिए। टिप्परमा रहेका सबै कालिकोटको रास्कोट नगरपालिकाका हुन्।
भारतबाट आएका नेपालीलाई सीमा नाकाबाट उद्धार गरेर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन रासकोटतर्फ लैजाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर बुधवार बिहान जितेबजारको पारीपट्टी कर्णालीमा खसेको हो।