logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली टिपर दुर्घटना अपडेट : मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो


अंकुरण खबर
1.04K
Shares

कालिकोटको लालीघाटमा बुधवार बिहान भएको टिप्पर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए ।

दुर्घटनामा परी ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला सार्की, देवराज सार्की, पूजा सार्की, विवेक सार्की, निस्पता सार्की रहेका छन् ।

उनीहरूको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको प्रहरीले जनाएको छ । २२ जनाको भने सकुशल उद्धार गरिएको छ ।

कालिकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको थियो । टिप्परमा ३९ यात्रु सवार रहेको थियो । रासस