रौतहटका १०२ जना संक्रमित कोरोना जितेर घर फर्केका छन ।
बुधवार साँझ गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट ६५ तथा गौर नर्सिङ्ग इन्ष्च्यिूटको आइसोलेसनबाट १६ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर कृष्ण साहले बुधवार ८१ जना संक्रमित निको भएर घर फर्किएको बताए । संक्रमण निको भएर घर फर्किनेहरु ईशनाथ नगरपालिका, देवाही गोनाही, गौर, कटहरिया, राजदेवी नगरपालिका लगायतका छन् ।
यसअघि रौतहटको २१ जना संक्रमित निको भएर घर फर्कि सकेका छन ।