logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुवेतबाट नेपालीलाई लिएर काठमाडौं आइपुग्यो जहाज


अंकुरण खबर
858
Shares

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् ।

उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।

कुवेतमा आममाफीमा सहभागी १५० जना महिला यो जहाजमा आएका छन् । उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

कुवेतबाट नै अर्को एउटा फ्लाइट पनि बिहीबार दिउँसो करिब दुई बजे नेपालीहरु लिएर काठमाडौं आउँदैछ ।