logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारको निर्णय : रेष्टुरेण्ट खोल्न दिने, तर बसेर खान नदिने


अंकुरण खबर
715
Shares

सरकारले रेष्टुरेण्ट खोल्न दिने निर्णय गरेको छ ।

तर, रेष्टुरेण्टमा बसेर खान नपाइने प्याकिङ लगेर घरमा खान पाइने सरकारी निर्णयमा उल्लेख छ ।

लकडाउनको मोडालिटी परिवर्तनबारेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भिडभाड गरेर रेष्टुरेण्टमा खान नपाइने, तर प्याकिङ गरेको खानेकुरा घर वा कार्यालयमा लगेर खान पाइने बताए ।

रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको हो ।