logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन, अर्को जिल्ला जान प्रतिबन्ध


अंकुरण खबर
3.029K
Shares

लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र  मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई रोकिने छैन ।