logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शनिबार पनि बैंक खुला राख्न केन्द्रीय बैंकको निर्देशन


अंकुरण खबर
1.287K
Shares

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भोलि शनिबार पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो ।

करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी जेठ ३२ गतेसम्म सार्वजनिक बिदामा पनि बैंक शाखा खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, केन्द्रिय बैंकले क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउसलाई पनि पूर्णकालिन संचालन गर्न निर्देशन दिएको छ ।

यसअघि पनि सरकारलाई तिर्नु पर्ने कर तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।