logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीका पहिलो कोरोना सङ्क्रमित डिस्चार्ज


अंकुरण खबर
715
Shares

डोटी जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् ।

भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका-३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ ।

ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. ज्योति पाण्डेले बताए ।

सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसअघि उहाँका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्षण गरिएको थियो । दुवैको नतिजा नेगेटिभ देखिएको थियो । डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ ।