logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिद्धबाबा नजिकै ट्याक्सी दुर्घटना, चालक घाइते


अंकुरण खबर
793
Shares

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्याक्सी सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुर्घटना भएको छ।

शुक्रबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिकास्थित माथिल्लो सिद्धबाबा नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

लु १ ज ४०९३ नं. को ट्याक्सी सडकदेखि तिनाउ खोला किनारमै खसेको छ। दुर्घटना हुँदा ट्याक्सी चालक ओमप्रकाश अर्याल घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइते अर्यालको अवस्था गम्भीर रहेको छ । उनको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको जनाइएको छ।