नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८ सय ७७ पुगेको छ ।
पछिल्लो विवरणअनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाडौंका विभिन्न अस्पतालबाट ८ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
कोरोनाबाट अहिलेसम्म १६ जनाले ज्यान गुमाएका छन् ।