logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि सरकारी कार्यालयहरू दुई सिफ्टमा सञ्‍चालन गरिने


अंकुरण खबर
2.483K
Shares

भोलिदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्‍चालन गरिने भएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  एक सूचनामार्फत मन्त्रीस्तरबाट गरिएको निर्णय अनुसार कार्यालय संचालन गर्ने गराउने व्यवस्था मिलाउन १३ बुँदे शर्त जारी गरेको छ।

२८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले बिहान ८ देखि साँझ ६ बजेसम्म दुई सिफ्ट गरेर सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।

कार्यालय सञ्‍चालन गर्दा जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा कार्यालयहरूले आवश्‍यक प्रोटोकल बनाई लागू गर्नुपर्नेछ।

त्यस्तै कार्यालयमा आउने सेवाग्राहीले पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्‍धी प्रोटोकल कार्यालयको प्रवेश विन्दुमा सबैले स्पष्‍ट देख्ने र बुझ्ने भाषामा राख्नुपर्नेछ।

कार्यालयबाट प्रवाह गरिने सेवामा सूचना प्रविधिको प्रयोगलाई अधिकतम उपयोग गर्ने, वेबसाइट अद्यावधिक गर्ने, एसएएसरइमेल आदीबाट सूचना प्रवाह गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयका शाखा अधिकृत कृष्ण न्यौपानेका अनुसार सामाजिक दूरी कायम राख्‍दै टोकन प्रणालीबाट सेवाग्राहीलाई सेवा दिनुपर्ने, नगदमा गरिने राजस्‍व लगायतका कारोबार बैंकमार्फत गर्नुपर्ने, सेवाग्राहीको धेरै भीडभाड हुने कार्यालयमा प्रमुखले आवश्यकता अनुसार सेवाग्राहीको कोटा निर्धारण गर्नसक्नेलगायतका निर्णयहरू गरिएको छ।