logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबारदेखि मोटरसाइकलमा पनि जोर–बिजोर लागू


अंकुरण खबर
3.224K
Shares

भोलि (असार १ गते सोमबार) देखि  मोटरसाइकल र स्कुटरमा समेत जोरबिजोर प्रणाली लागू हुने भएको छ।

असार १ देखि नम्बर प्लेट हुने सबै सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

यसअघि चारपांग्रे सवारी साधनमा जोरबिजोर लागू भए पनि मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू बारे अन्योल थियो। मन्त्रालयका अनुसार मोटरसाइकलमा चालकमात्रै सवार हुन पाउने छन् भने कार, जिपमा चालक र थप दुई जना सवार हुन पाउने छन्।

मोटर साइकलमा चालकमात्र चढ्न पाउने सरकारी नियमप्रति सर्वासाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।

अधिकारीले मातहतका निकायलाई दुई पांग्रे सवारी साधनमा समेत जोर विजोर प्रणाली लागू गर्ने बारे मन्त्रालयले  निर्देशन दिइसकेको जानकारी गराए।

गएको बुधबार सरकारले निजी सवारीसाधनहरु जोर गतेमा जोर नम्बर भएका र बिजोर गतेमा  बिजोर नम्बर भएका चल्न दिने निर्णय गरेको थियो ।  तर, मोटरसाइकल, स्कुटरजस्ता दुई पांग्रे सवारी साधनमा भने जोरबिजोर लागू भएको थिएन ।