logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्तरिक तथा वाह्य उडान असार २१ सम्म स्थगित


अंकुरण खबर
1.196K
Shares

आन्तरिक तथा वाह्य उडानहरु असार २१ सम्म स्थगित गरिएको छ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार नागरिक उड्ययन प्राधिकरणले असार २१ सम्म उडानहरु स्थगित भएको सूचना जारी गरेको हो।

आन्तरिक तथा वाह्य विमान संचालकहरुलाई परिपत्र गर्दै प्राधिकरणले ५ जुलाई अर्थात असार २१ सम्म व्यवसायिक उडान नहुने जनाएको छ।

यसअघि जेठ ३२ सम्म सबै उडानहरु स्थगित गरिएको थियो। यद्यपी सुरक्षा सामाग्री तथा उद्दारका लागि हुने उडानहरु भने संचालन हुने छन्।