logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
650
Shares

तनहुँको घिरिङ गाउँपालिकाका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

घिरिङ गाउँपालिका कै क्वारेन्टिनमा बसेका पाँच जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरु सबैलाई शुक्लागण्डकी नगरपालिकको जिपी कोइराला स्वासप्रश्वास केन्द्रमा ल्याइएको प्रदेश निर्देशक डा।विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४ पुगेको छ । प्रदेशका ९ जिल्लामा कोरोना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ ।