logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

पूर्वमा सक्रिय मनसुन मध्य क्षेत्र भित्रियो, सतर्कता अपनाउन मौसमविद्को सुझाव


अंकुरण खबर
806
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वमा सक्रिय मनसुन मध्य क्षेत्रमा प्रवेश गरेको बताएको छ ।

सोमबार बिहानबाट काठमाडौं उपत्यकासहित हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा बर्ष भइरहेको छ ।

नेपालमा गएको जुन १२ तारिख अर्थात गएको शुक्रबार दुई दिन ढिलो गरी मनसुन भित्रिएको थियो । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन त्यही सक्रिय थियो ।

मौसमविद् सजिना शाक्यका अनुसार पश्चिममा पश्चिमी वायूको प्रभावले वर्षा भएको हो भने पूर्व र मध्येमा मनुसुनी वायूको प्रभावले वर्षा भईरहेको हो ।

सोमबार पनि धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।