logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालिकोट ट्रिपर दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो, अझै एक बेपत्ता


अंकुरण खबर
1.222K
Shares

कालिकोटको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बेपत्ता भएकी रास्कोट नगरपालिका २ बर्ष ३५ की मन्ना कुमालको शव भेटिएपछि मृतकको संख्या ४ पुगेको हो ।

नेपाल प्रहरी, नेपाली सेना, शशत्र प्रहरी र स्थानीयको खोजी पछि कर्णाली नदीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले बताए ।

ट्रिपर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा काठमाडौ किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

ट्रिपर दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पतालमा र एक जनाको काठमाडौमा उपचार भइरहेको छ । अझै एक जना बेपत्ता छन् ।