नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुगेको छ।
यस्तै उपचारपछि निको हुनेको संख्या १ हजार ४१ जना पुगेको छ । आज ६७ जना निको भएका छन् । कोरोना संक्रमणबाट १९ जनालै ज्यान गुमाएका छन् ।