logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट आएर सुर्खेतको क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु


अंकुरण खबर
676
Shares

कर्णाली प्रदेशमा क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानीमा रहेको क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको हो।

उनी १३ दिनअघि भारतबाट गुर्भाकोट आएका थिए। क्षयरोगका बिरामी रहेका पुरुष छाती दुख्यो भनेर खाना खाएर सुतेको अवस्थामै मृत्यु भएको गुर्भाकोटका मेयर हस्त पुनले बताए।

उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ।