logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सेयरबजार खुल्न अझै चार दिन लाग्ने


अंकुरण खबर
871
Shares

लकडाउन अवधिभर दुईपटक मात्र खुलेको सेयर बजार खुल्न अझै चार दिन लाग्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबार सूचना जारी गर्दै चार दिनका लागि बजार बन्द गरिएको जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार चार दिनका लागि सेयर कारोबार बन्द गरिएको हो । सोमबारदेखि बैंकलगायतका वित्तीय कारोबार सञ्चालनमा आए पनि सेयर बजार भने खुलेको छैन ।

नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सूचीकरण तथा कारोबार सोमबारदेखि बिहीबारसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ ।